‘दोषी देखिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ’

हिमाल प्रेस २७ असोज २०८३ २०:०२ | Tuesday, October 13, 2026
10
SHARES
‘दोषी देखिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने बताएका छन्।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिँदै दोषी देखिए कारबाही हुने बताएका हुन्।

उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए।

केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडियो सही वा नक्कली के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उनले बताए।

उनले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

उनले अनुशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast