इंग्लिस प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमै स्तब्ध, सिटी शीर्षमा

हिमाल प्रेस २६ असोज २०८३ ९:२० | Monday, October 12, 2026
6
SHARES
इंग्लिस प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमै स्तब्ध, सिटी शीर्षमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा गएराति लिभरपुलले घरेलु मैदानमै लज्जास्पद हार भोगेको छ। एनफिल्डमा म्यान्चेस्टर सिटीसँग लिभरपुलले ३-० गोल अन्तरले पराजित भएको हो।  पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा भने सिटीले खेलमा आफ्नो पकड बलियो बनाउँदै लग्यो।

खेलको ६५औँ मिनेटमा एर्लिङ हालान्डले शक्तिशाली प्रहारमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि वैकल्पिक खेलाडी जेरेमी डोकुले उत्कृष्ट प्रहारमा गोल थपे।

खेल सकिन १२ मिनेट बाँकी रहँदा रायन चेरकीले व्यक्तिगत कौशल देखाउँदै तेस्रो गोल गरेपछि सिटीले ३–० को प्रभावशाली जित सुनिश्चित गर्‍यो। लिभरपुलका रायन ग्राभेनबर्चले डोकुमाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित लिभरपुललाई सिटीविरुद्ध खेलमा फर्कन थप कठिन भयो।

खेलको सुरुवातमा सिटीले घरेलु समर्थकको दबाबबीच सावधानीपूर्वक खेलेको थियो। पहिलो हाफमा दुवै टोलीले खासै प्रभाव पार्न सकेनन्। तर दोस्रो हाफमा सिटीले आक्रामक खेल देखाउँदै लिभरपुललाई उसकै मैदानमा निराश बनायो।

प्रकाशित: २६ असोज २०८३ ९:२० | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast