प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

हिमाल प्रेस २५ असोज २०८३ २०:०३ | Sunday, October 11, 2026
8
SHARES
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आइतबारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको हो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ र हिमालयन बैंंक तगा लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

प्रकाशित: २५ असोज २०८३ २०:०३ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast