बूढीगण्डकी बाढी : बगे चौपाया, हाइड्रोपावर र घर, टर्‍यो मानवीय क्षति

विजय नेपाल २५ असोज २०८३ ८:५२ | Sunday, October 11, 2026
10
SHARES
बूढीगण्डकी बाढी : बगे चौपाया, हाइड्रोपावर र घर, टर्‍यो मानवीय क्षति बूढीगण्डकीमा आएको भिषण बाढी : तस्बिर : विपद् जोखिम न्यूनीकरण प्राधिकरण

पोखरा- गोरखाको चुमनुब्री गाउँपालिका बूढीगण्डकी नदीमा आएको बाढीले भौतिक क्षति भए पनि अहिलेसम्म मानवीय क्षति टरेको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले एक्कासि आएको बाढीले घरहरु बगाए पनि मानिसहरुलाई केही नभएको बताइन्। उनले भनिन्, ‘हाम्रोमा मानवीय क्षति छैन, पशुपालन, हाइड्रोपावर र घरहरू बगाएको हो।’

उनका अनुसार बाढीले घट्टखोला, सिर्दिबास, पैयु, सल्लेरी, जगत बगरमा बाढी पस्दा त्यहाँका घरहरु बगाएको हो । साथै, २ वटा झोलुङ्गे पुलसहित फलामे पुल बगाएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पु¥याएको हो ।
‘हामीहरुसँग यकिन डाटा त भएन, हाम्रो विचारमा करिब ३५ घर बगायो,’ उनले भनिन् ।

पैयूँमा मात्रै करिब १५–२० घर छन् । बगरमा पनि त्यत्तिकै संख्यामा घर छन् । घट्टेखोलामा ६–७ घर छन् । गाउँपालिका अध्यक्ष निमा लामाले सुरुमा भूकम्प गएजस्तो आवाज आएपछि लेदोसहित पहिरो खसेको स्थानीयवासीलाई उद्घृत गर्दै जानकारी दिए ।

प्रकाशित: २५ असोज २०८३ ८:५२ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast