एकै खेलमा एसिस्ट, गोल र जित दिलाएर मेस्सीले लिए अन्तरार्ष्ट्रिय खेलबाट विश्राम

हिमाल प्रेस २१ असोज २०८३ ८:४७ | Wednesday, October 7, 2026
एकै खेलमा एसिस्ट, गोल र जित दिलाएर मेस्सीले लिए अन्तरार्ष्ट्रिय खेलबाट विश्राम

काठमाडौँ- बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेस्सीको सुखद बिदाइ गरेको छ। बुधबार ब्युनस आयर्सस्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन निकोलस आटामेन्डी, निको पाज र मेस्सीले एक–एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा ओटामेन्डीको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। पाजले ६१औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। १० मिनेटपछि मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेस्सीको १२६औँ गोल हो।

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ। अर्जेन्टिना फुटबल संघले मेस्सीको सम्मानमा बिदाइ खेल आयोजना गरेको थियो। ‘लास्ट ट्याङ्गो’ नाम दिइएको यो खेल मेस्सीको २०८औँ अन्तर्राष्ट्रिय खेल हो।

खेलका लागि भनेर एडिडासले मेस्सीको ब्रान्ड लोगो अंकित विशेष जर्सी तयार पारेको थियो। खेल सकिएपछि म्याच रेफ्रीले मेस्सीलाई रातो र पहेंलो कार्ड हस्तान्तरण गरेर विशेष सम्मान दिएका थिए। यसैगरी, स्कृनमा मेस्सीको खेल यात्रा झल्काउने भिडियो प्रदर्शन गरिएको थियो।

विदाइ हुँदैै गर्दा मेस्सीले आफू शान्त मनले विदा लिएको बताएका थिए। मेस्सीले अन्तिम खेलपछि भावुक हुँदै आफ्नो राष्ट्रिय टोलीको यात्राबारे बोल्दै मुख्य रूपमा आफूले अर्जेन्टिनाका लागि सधैँ सबै कुरा दिएको र अब यो अध्याय शान्त मनले अन्त्य गरेको भाव व्यक्त गरे।

अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीको जर्सीमा आफ्नो अन्तिम खेल खेलेका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेल मेस्सीका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २०८औँ तथा अन्तिम खेल बन्यो।

अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गरेको खेलमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम राष्ट्रिय खेललाई स्मरणीय बनाए। घरेलु समर्थकले भरिएको मोनुमेन्टलमा मेस्सीलाई अन्तिम पटक अर्जेन्टिनाको जर्सीमा देख्दा वातावरण भावुक बनेको थियो।

सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा टोलीलाई विश्वकप, कोपा अमेरिका र फिनालिसिमा लगायतका प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।

अर्जेन्टिनाका लागि २०८ खेलमा १२६ गोल गरेका मेस्सी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। उनको नेतृत्वमा अर्जेन्टिनाले २०२१ मा कोपा अमेरिका र २०२२ मा कतार विश्वकप जितेको थियो।

प्रकाशित: २१ असोज २०८३ ८:४७ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast