यूइएफए नेसन्स लिग : रोनाल्डोबिना नै पोर्चुगलको जित

हिमाल प्रेस १९ असोज २०८३ ८:१४ | Monday, October 5, 2026
यूइएफए नेसन्स लिग : रोनाल्डोबिना नै पोर्चुगलको जित

काठमाडौँ-  स्टार खेलाडी क्रिस्टियन रोनाल्डोबिना नै पोर्चुगलले यूइएफए नेसन्स लिगमा नर्वेविरुद्ध जित निकालेको छ। नर्वेविरुद्ध पोर्चुगलले २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो। आइतबार डो ड्रागाओ रंगशालामा घरेलु टोली पोर्चुगललाई जित दिलाउन जोआओ कान्सेलो र गोन्सालो रामोसले गोल गरे । नर्वेका लागि क्रिस्टोफर अजरले गोल गरे । खेलको ३६औँ मिनेटमा अजरको गोलमार्फत नर्वेले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

गोल व्यहोरेको दुई मिनेटपछि नै कान्सेलोले पोर्चुगललाई बराबरीमा ल्याए। ७९औँ मिनेटमा रामोसले गोल गर्दा पोर्चुगल २–१ले अगाडि बढ्यो । फ्रान्सिस्को कन्सेइसाओले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि ८६औँ मिनेटमा पोर्चुगल १० खेलाडीमा समेटिएको थियो।

लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको पोर्चुगल समूह ‘डी’को शीर्ष स्थानमा छ । तेस्रो हारसँगै समान खेलबाट तीन अंकका साथ नर्वे पुछारमा छ । समूह ‘डी कै अर्को खेलमा डेनर्माकले वेल्सविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो।

समूह ‘बी’मा नेदरल्यान्ड्सले सर्बियाविरुद्ध २–१ को जित निकाल्दा जर्मनी र ग्रिस गोलरहित बराबरीमा रोकिए । समूह ‘जी’मा अस्ट्रियाले कोसोभो तथा आयरल्यान्डले इजरायलसँग १–१ को बराबरी खेले ।

प्रकाशित: १९ असोज २०८३ ८:१४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast