कस्तो छ आजको भाग्यफल?

हिमाल प्रेस १८ असोज २०८३ ६:१२ | Sunday, October 4, 2026
कस्तो छ आजको भाग्यफल?

मेष:छोटो दूरीको यात्रा लाभदायक र फलदायी रहनेछ। भाग्यको साथ मिल्ने भएकाले अधिकांश कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। धार्मिक तथा सामाजिक महत्त्वका स्थानको भ्रमण हुन सक्छ।

वृष: पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ‘फरक सोचले नै फरक सफलता मिल्नेछ’ भन्ने विचार राख्नुहोला।

मिथुन: सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्र सफलता प्राप्त गर्न सकिएला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। दिनको उत्तरार्धमा भने स्वादिष्ट परिकार खान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। ‘व्यवस्था नै प्रगति हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

सिंह: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। पेसा-व्यवसायमा लाभ हुनेछ। प्रणय सम्बन्धका लागि समय उत्तम छ।

कन्या: रमणीय र सुखद यात्राको योग छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

तुला: सुखदुःख बराबरी हुने खालको दिन छ। खर्च नियन्त्रणभन्दा बाहिर जान सक्छ। सामाजिक कार्यमा मन जानेछ। कूटनीतिक सहयोग प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गर्दा सफलता मिल्नेछ।

वृश्चिक: रमणीय र सुखद यात्राको योग छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि पूरा हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सहयोगी हात अघि बढ्नेछन्। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

धनु: मेहनतअनुसार उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। मानसिक चिन्ता भए पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव र अवसर दिलाउनेछ। शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुन सक्छ।

कुम्भ: विशेष उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ। शुभकार्य, नयाँ योजना तथा ज्ञान आर्जनका ढोका खुल्नेछन्। प्रेमी वा प्रियजनको सहयोग प्राप्त हुनेछ। धर्म, समाजसेवा तथा परोपकारप्रति झुकाव बढ्नेछ।

मीन: मनोरञ्जनपूर्ण कार्य रहला। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछन्। दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। ‘धैर्य नै सफलता हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

 

प्रकाशित: १८ असोज २०८३ ६:१२ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast