आजको राशिफल

हिमाल प्रेस १ कार्तिक २०८३ ५:३९ | Sunday, October 18, 2026
आजको राशिफल

मेष :  काममा विभिन्न अवसर पाइनेछ। समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

वृष : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मिथुन : व्यापारमा प्रशस्त फाइदा हुने योग रहेको छ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कर्कट : काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

सिंह : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। काममा सजिलै सफलता मिल्नेछ।

कन्या : आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

तुला : स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका काम सुचारु हुनेछन्।

वृश्चिक : श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

धनु : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

मकर : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

कुम्भ : साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ।

मीन : पढाइलेखाइमा प्रगति हुनेछ। आश मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

प्रकाशित: १ कार्तिक २०८३ ५:३९ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast