काठमाडौँ- निरन्तरको झरीपछि अहिले मौसम खुलेको भए पनि आगामी केही दिनदेखि फेरि वर्षा हुने पूर्वानुमान मौसम विद्हरूले गरेका छन्। केहीदिन मौसम सफा नै रहने र फेरि वर्षाको सम्भावना रहेको प्रक्ष्येपण छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली हुने र दशैंको पहिलो दिन अर्थात् घटस्थापनासम्म वर्षा तथा चिसो बढ्न सक्ने छन्।
उनले पश्चिमी वायु सक्रिय हुने भएकाले बिहीबारदेखि घाम कम लाग्नेछ। पहाडी भूभागका केही स्थानमा वर्षा सुरु हुन सक्ने बताए। आगामी आइतबारदेखि असोज २५ गते घटस्थापनासम्म देशभर मौसम थप बदली भई वर्षा हुने र चिसो बढ्ने सम्भावना रहेको पोखरेलको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले पनि आगामी बिहीबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।



