काठमाडौँ- दुई गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग ३–१ ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (कारबाओ) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।
बुधबार ओल्ड ट्राफोर्डमा पाहुना टोली ब्राइटनलाई जित दिलाउन चारलाम्पोस कोस्टौलास, पास्कल ग्रोस र म्याक्सिम डे क्युपरले गोल गरे । युनाइटेडका शिया लेसी र मेसन माउन्टले गोल गरे ।
खेलको आठौँ मिनेटमा लेसीको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । दुई मिनेटपछि नै माउन्टले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी टाइममा कोस्टौलासले ब्राइटनका लागि पहिलो गोल फर्काए । ६५औँ मिनेटमा ग्रोसले ब्राइटनलाई बराबरीमा ल्याए ।
त्यसको पाँच मिनेटपछि नै क्युपरले गोल गर्दै ब्राइटनलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
प्रकाशित: १ असोज २०८३ ९:१२ | Thursday, September 17, 2026
प्रतिक्रिया


