कांग्रेस विवाद : मुगु कांग्रेसद्वारा महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा रोक

हिमाल प्रेस ३१ भदौ २०८३ १८:२८ | Wednesday, September 16, 2026
कांग्रेस विवाद : मुगु कांग्रेसद्वारा महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा रोक

काठमाडौँ- नेपाली कांग्रेस मुगुको जिल्ला कार्यसमितिले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला कार्यवाहक सभापति कर्ण रावलको अध्यक्षतामा बसेको बैठकले महामन्त्री घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

माइन्युटमा बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको उल्लेख गरिएको छ।

मुगु कांग्रेसको निर्णय पुस्तिकामा महामन्त्री घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने विषय उल्लेख भएपछि पार्टीभित्रको संगठनात्मक अधिकार, अनुशासन र केन्द्र–जिल्ला सम्बन्धबारे प्रश्न उठेको छ।

महामन्त्री घिमिरेले जिल्ला उपसभापति हरिजंग शाहीलाई असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

३० भाद्रमा घिमिरेले जिल्ला उपसभापति शाहीलाई पठाएको पत्रमा कार्यवाहक सभापतिको रुपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी तोकिएको उल्लेख छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका उपसभापति रावल भने आफू कार्यवाहक जिल्ला सभापति रहेको दाबी गर्दै आएका छन्। उनले आफ्नो सभापतित्वमा बैठक बसाएर महामन्त्री घिमिरेलाई मुगु प्रवेशमा रोक लगाउने निर्णय गराएका हुन्।

प्रकाशित: ३१ भदौ २०८३ १८:२८ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast