प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

हिमाल प्रेस २६ भदौ २०८३ ६:३४ | Friday, September 11, 2026
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।

दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ।

प्रकाशित: २६ भदौ २०८३ ६:३४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast