मुख्य सडक नै अवरुद्ध, कुनकुन राजमार्गमा चल्छन् त गाडी? हेर्नुस्

हिमाल प्रेस २५ भदौ २०८३ ८:१६ | Thursday, September 10, 2026
मुख्य सडक नै अवरुद्ध, कुनकुन राजमार्गमा चल्छन् त गाडी? हेर्नुस्

काठमाडौँ- बाढी तथा पहिरोका कारण  विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ । प्रहरीले १० टनभन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समयमा सञ्चालन गर्न दिने र परिस्थितिअनुसार अन्य सवारीसमेत सञ्चालन गरिने जनाएको छ ।

रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ क्षेत्रमा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै जिल्लाका मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । उक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका क्षेत्रमा पनि बाढीका कारण सडक प्रभावित भएको छ ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पनि त्रिभुवन राजपथ अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनीघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोला क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।

प्रकाशित: २५ भदौ २०८३ ८:१६ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast