बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल

हिमाल प्रेस २४ भदौ २०८३ १२:४९ | Wednesday, September 9, 2026
बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचारलगायत समग्र अवस्थाबारे विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल सुरु गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ भदौ २०८३ १२:४९ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast