फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिदको स्मृतिसभामा विवादित धर्मगुरुहरूलाई सहभागी गराइएको प्रति आपत्ति जनाएका छन्।
विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई कार्यक्रममा सहभागी गराइएपछि सांसद सिंहले प्रश्न उठाएका हुन्।
‘विवादित धर्मगुरुरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको हो?’ सिंहले प्रश्न गरेका छन्।
गृहमन्त्रीका साथै मन्त्रीहरू सहभागी भएको कार्यक्रममा धर्मगुरुहरू भण्डारी र आचार्यलाई अगाडि बस्न लगाइएको थियो। जबकि सरकारका केही मन्त्रीहरूका लागि पछाडि स्थान तोकिएको थियो।
दुवै धर्मगुरुहरू बसेका अगाडिको ‘रो’ मा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम र पूर्वाधारमन्त्री सुनिल लम्साल बसेका थिए।
सांसद सिंहले देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाएर सरकारले के सन्देश दिन खोजेको प्रश्न गरेका छन्।
‘संविधान, समावेशीको धज्जी उडाउने र देशको लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोजेको छ?,’ उनले भनेका छन्,‘आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन।’



