राप्रपा महामन्त्री शरदराज पाठकले छाडे राप्रपा

हिमाल प्रेस २१ भदौ २०८३ १६:४७ | Sunday, September 6, 2026
राप्रपा महामन्त्री शरदराज पाठकले छाडे राप्रपा

काठमाडौँ-  राप्रपा महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। उनले पार्टीका नेताहरूलाई म्यासेजमार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

`पछिल्लो केही समयदेखिको गम्भीर आत्मचिन्तनपश्चात् पार्टीबाट विदा लिने निर्णयमा आइपुगेको छु । पार्टीको वर्तमान र आगामी दिशाबारे मेरा विमतिहरू राजनीतिक तहका हुन्, व्यक्तिगत कसैसँग केही तिक्तता छैन ।´ उनले भनेका छन्,`
आजसम्मको राजनीतिक सहकार्यका लागि सबै पदाधिकारीहरूसहित कार्यसम्पादन समितिका सदस्य यहाँहरू सबै र राप्रपाको सम्पूर्ण पङ्क्तिलाई अगाडीको राजनीतिक यात्रका लागि हार्दिक शुभकामना व्यक्त गर्छु ।´

उनी रवीन्द्र मिश्रसँग विवेकशिल साझाबाट राप्रपामा आएका नेता हुन्।

प्रकाशित: २१ भदौ २०८३ १६:४७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast