राष्ट्रपति भण्डारी गृह जिल्लामा, योगमाया स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने

हिमाल प्रेस २५ माघ २०७९ १६:३५ | Wednesday, February 8, 2023
राष्ट्रपति भण्डारी गृह जिल्लामा, योगमाया स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने फाइल तस्बिर।

भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छन्। साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन्।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा १ कुलुङमा योगमायाको सालिक अनावरण गर्ने कार्यक्रम छ। यसका साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका-१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्ने कार्यसूची रहेको गाउँपालिकाले जानकारी दिएको छ। वि.सं १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया सामाजिक आन्दोलनकर्ता थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast