मुस्ताङमा स्याउ टिप्न थालियो, ग्रेडिङमा आधुनिक उपकरणको प्रयोग (तस्बिरहरू)

हिमाल प्रेस १७ भदौ २०८३ ११:१८ | Wednesday, September 2, 2026
मुस्ताङमा स्याउ टिप्न थालियो, ग्रेडिङमा आधुनिक उपकरणको प्रयोग (तस्बिरहरू)

मुस्ताङ- मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्ने काम सुरु भएको छ। घरपझोङ गाउँपालिका–३ स्थित अब्बल किसान कर्मा गुरुङको चिम्ले अर्चार्ड कृषि फार्ममा उत्पादन भएको स्याउ बजार पठाउनुअघि आधुनिक उपकरणबाट ग्रेडिङ गर्ने काम भइरहेको छ।

भदौ १५ गतेदेखि स्याउ टिप्न सुरु गरिएको फार्ममा श्रमिकहरूले आधुनिक ग्रेडिङ मेसिनमार्फत आकार र गुणस्तरका आधारमा स्याउ वर्गीकरण गरिरहेका छन्। यसले बजारमा एकरूप गुणस्तरका स्याउ पठाउन सहज हुने र किसानले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ।

मुस्ताङमा पछिल्ला वर्षहरूमा उच्चघनत्व प्रविधिको स्याउ खेती विस्तार हुँदै गएको छ।

तस्बिरहरू

प्रकाशित: १७ भदौ २०८३ ११:१८ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast