नेपाल भलिबल लिगको पहिलो दिनको कमाइ बाढीपीडितलाई दिइने

हिमाल प्रेस १६ भदौ २०८३ ७:४० | Tuesday, September 1, 2026
नेपाल भलिबल लिगको पहिलो दिनको कमाइ बाढीपीडितलाई दिइने

काठमाडौँ- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिग (एनभीएल)ले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

एनभीएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनभीएलका सबै खेलको टिकट आईएमई खल्तीमार्फत खरिद गर्न सकिनेछ । साथै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रहने काउन्टरबाट भौतिक रूपमा पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

एनभीएलको टिकट बुकिङ आजैदेखि आईएमई खल्तीमार्फत खुला गरिएको बताइएको छ ।

प्रकाशित: १६ भदौ २०८३ ७:४० | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast