कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

हिमाल प्रेस १५ भदौ २०८३ १७:३१ | Monday, August 31, 2026
कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ।

बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यस अवसरमा नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए।

नेपालस्थित कतारी दूतावासका अनुसार भोटेकोशी –त्रिशूली बाढीका कारण ठूलो धनजनको क्षतिसहित दुःखमा रहेको नेपाललाई सान्त्वनासहित अत्यावश्यक राहत सामग्री पठाइएको हो।

रसुवा बाढीपछि नौ सयभन्दा बढीको शव फेला परेको, सयौँ व्यक्ति घाइते भएको, करिब पाँच हजार मानिस बेपत्ता भएको र नदी तटीय क्षेत्रका बासिन्दाको बासस्थानसहित जग्गा जमिन बगरमा परिणत भएको यस विषम अवस्थामा मित्रराष्ट्र कतारका तर्फबाट नेपाललाई अत्यावश्यक सहयोग प्राप्त भएको हो।

प्रकाशित: १५ भदौ २०८३ १७:३१ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast