एसीसी प्रिमियर कप : सन्दीप लामिछाने नेतृत्वको टोलीले आज बहराइनविरुद्ध खेल्दै

हिमाल प्रेस १५ भदौ २०८३ ६:५३ | Monday, August 31, 2026
एसीसी प्रिमियर कप : सन्दीप लामिछाने नेतृत्वको टोलीले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौँ- तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउँछन्। नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो। यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसीसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् ।
–––

प्रकाशित: १५ भदौ २०८३ ६:५३ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast