रविसँग मुख्यमन्त्रीले भने – तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन

हिमाल प्रेस १४ भदौ २०८३ १६:५८ | Sunday, August 30, 2026
रविसँग मुख्यमन्त्रीले भने – तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढीपछि उद्धार र राहत कार्यमा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन्।

आइतबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटका क्रममा मुख्यमन्त्री थापाले यस्तो गुनासो गरेका हुन्।

सभापति लामिछानेलाई भेट्न मुख्यमन्त्री बनस्थलीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेका थिए।

भेटका क्रममा उनले तीनका सरकारबीच समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको सभापति लामिछानेलाई सुनाएका थिए।

तीन तहमा कसले के काम गर्ने छुट्याउन आवश्यक रहेको उनको भनाइ थियो। त्यस्तै उनले प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दुःख व्यक्त गरेका थिए।

मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पठाउन असहज भएको जानकारी गराएका थिए।

उनले जलवायु परिवर्तनको असर लामो भएकाले खोला किनारमा बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्यकारी ढंगबाट काम गर्न आवश्यक रहेको बताएका थिए।

सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए।

उनले यतिबेला सरकारले समन्वय गरेर काम गर्न आवश्यक रहेको उल्लेख गरे। सभापति लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १४ भदौ २०८३ १६:५८ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast