भोटेकोशीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षकको पशुपतिमा दाहसंस्कार

हिमाल प्रेस १४ भदौ २०८३ ८:२३ | Sunday, August 30, 2026
भोटेकोशीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षकको पशुपतिमा दाहसंस्कार

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा कर्तव्य पालनामा खटिएका खड्काको मृत्यु भएको थियो। उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकारी तथा विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता थियो।

प्रकाशित: १४ भदौ २०८३ ८:२३ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast