काठमाडौँ- भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट पीडित नागरिकका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
क्यानका सचिव पारस खड्काले आज (शनिबार) बिहान विज्ञप्ति जारी गरी विपद्मा परेका नागरिकको राहत, उद्धार तथा पुनस्थापनामा मद्दतका लागि संघका तर्फबाट ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराएका हुन्।
उनले भनेका छन्, ‘उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।’
प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्रिकेट संघले उद्धार, राहत तथा पुनस्थापनामा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्रकाशित: १३ भदौ २०८३ ११:५४ | Saturday, August 29, 2026
प्रतिक्रिया


