भोटेकोशी बाढी : नुवाकोट र धादिङमा आठ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन

हिमाल प्रेस १० भदौ २०८३ १४:२४ | Wednesday, August 26, 2026
भोटेकोशी बाढी : नुवाकोट र धादिङमा आठ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटमका ती प्रहरी सम्पर्कविहीन भएका हुन् ।

बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ । बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित: १० भदौ २०८३ १४:२४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast