‘नक्कल पारी’मा ३ ‘मिस नेपाल’को डान्स

हिमाल प्रेस ९ भदौ २०८३ १२:११ | Tuesday, August 25, 2026
‘नक्कल पारी’मा ३ ‘मिस नेपाल’को डान्स

काठमाडौँ-  नायिका रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीतमा ३ पूर्वमिसको नृत्युसहितको गीत  ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। सोमबार बुढासुब्बा डिजिटल युट्युबमार्फत शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक गरिएको हो। गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।

तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको लोकफ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति मनाउनेभन्दा देखाउने माध्यम बन्दै गएको प्रवृत्तिलाई चित्रण गर्छ। विशेषगरी अरूको देखासिकी गर्दै महँगा लुगा र गहना लगाउने तथा त्यसका लागि श्रीमानसँग माग गर्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ।

भिडिओमा दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन्। साथमा अभिनेत्री खुसी कार्कीको समेत नृत्य हेर्न सकिन्छ।

‘दिया एन्ड अमु फिल्मस्को’ ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकारको अभिनय छ।

लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत पनि फिल्ममा देखिनेछन्।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ फिल्मका निर्माता हुन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माणपक्षले जनाएको छ।

प्रकाशित: ९ भदौ २०८३ १२:११ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast