काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा नेपालमा अनुसन्धान गर्न आउने विदेशी वैज्ञानिक र गैरआवासीय नेपाली अनुसन्धानकर्ताका लागि विशेष अनुसन्धान तथा स्टार्टअप भिसा सिफारिस गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
केन्द्रले अन्तर्राष्ट्रिय वैज्ञानिकसँग संयुक्त अनुसन्धान गर्न सक्नेछ भने बौद्धिक सम्पत्ति, डाटा सुरक्षा, लाभ बाँडफाँट र प्रविधि हस्तान्तरणका विषय सम्झौतामै उल्लेख गर्नुपर्नेछ।
सार्वजनिक लगानीबाट बनेको संवेदनशील अनुसन्धान विदेश पठाउँदा भने नेपाल सरकारको पूर्वस्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ।
प्रकाशित: ९ भदौ २०८३ १०:५३ | Tuesday, August 25, 2026
प्रतिक्रिया


