सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सिंह

हिमाल प्रेस ८ भदौ २०८३ १६:११ | Monday, August 24, 2026
सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकार बनेदेखि भइरहेका आपराधिक घटना र आन्दोलनहरूले सरकारमाथिको भरोसा र विश्वास घटेको देखाएको उनले उल्लेख गरे।

‘बारा र सप्तरीको बालिका हत्या घटनाले मर्माहत बनाएको छ, यो समाज हाम्रो देश कता गइरहेको छ? यो दुईवटा घटनालाई मात्र हेर्न मिल्दैन,’ सांसद सिंहले भने,‘हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस् वा धार्मिक सामाजिक सद्भाव होस् वा विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटरब्याजपीडितको होस्, चाहे लघुवित्तपीडितको होस्, दिनका दिन भइरहेको छ। यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ।’

अराजकता, हित्या, हिंसा, बलात्कारलगायतका घटना बढेको बताउँदै उनले विभिन्न किसिमका आन्दोलनले नागरिक दुःखमा रहेको देखाइरहेको जिकिर गरे। सरकारमाथि विश्वास र भरोसा उठेपछि अपराध बढ्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast