काठमाडौँ- पर्वतको मोदी गाउँपालिका-२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट चोरी भएको करिब १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।
मोदी गाउँपालिका-२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १० तोला सुन चोरी भएको नेपाल प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको टोली खटिएको थियो।
खोजतलासका क्रममा मोदी गाउँपालिका-६ उपल्लो डिमुवाबाट मोदी गाउँपालिका-५ बाजुङ बस्ने करिब ३० वर्षीय खड्क बहादुर कुँवरलाई चोरी भएको १० तोला सुनसहित फेला पारी नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ८ भदौ २०८३ १३:०२ | Monday, August 24, 2026
प्रतिक्रिया


