जेनजी आन्दोलनमा लुटिएको सटगनसहित युवक पक्राउ

हिमाल प्रेस ७ भदौ २०८३ १७:३२ | Sunday, August 23, 2026
जेनजी आन्दोलनमा लुटिएको सटगनसहित युवक पक्राउ

झापा- गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सटगनसहित प्रहरीले झापाको दमकबाट आइतबार एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ घर भई हाल दमक नगरपालिका-२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन्।

अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका-४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो।

सो क्रममा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अवाले सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: ७ भदौ २०८३ १७:३२ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast