जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

हिमाल प्रेस ७ भदौ २०८३ ९:५५ | Sunday, August 23, 2026
जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

काठमाडौँ- जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ।

बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको हो। डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले २८औँ मिनेटमा नाथानियल ब्राउनको गोलबाट अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए। ७५औँ मिनेटमा फाबियो सिल्भाले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने प्रयास गरे पनि हार टार्न सकेनन्। यो जितसँगै बायर्नलय सुपर कपको उपाधि १२औँ पटक जितेको हो।

प्रकाशित: ७ भदौ २०८३ ९:५५ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast