चितवन राइनोजले भित्र्यायो सिकन्दर राजा

हिमाल प्रेस ७ भदौ २०८३ ७:०६ | Sunday, August 23, 2026
चितवन राइनोजले भित्र्यायो सिकन्दर राजा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले जिम्बाबेका क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको छ।

चितवन राइनोजले शनिबार प्रेस विज्ञप्ति जारी गरी राजालाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जनाएको छ। राजा अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका अलराउन्डर हुन्।

उनले जिम्बाबेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन्। त्यस्तै, विश्वका विभिन्न प्रमुख टी २० प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएका छन्।

उनको अनुभव, अलराउन्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सिजनका लागि तयार भइरहेको चितवन राइनोजको टोलीलाई थप मजबुत बनाउने जनाइएको छ। राजाको अनुबन्धले अन्तर्राष्ट्रिय खेलाडी संयोजनलाई थप बलियो बनाएको चितवन राइनोजले जनाएको छ।

प्रकाशित: ७ भदौ २०८३ ७:०६ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast