टप एन्ड टी २० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा हार

हिमाल प्रेस ६ भदौ २०८३ ७:१२ | Saturday, August 22, 2026
टप एन्ड टी २० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा हार

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा हार बेहोरेको छ । शुक्रबार डार्विनस्थित डिएक्ससी एरिनामा सम्पन्न खेल्मा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ८ विकेटले पराजित भयो ।

नेपाल ‘ए’ले दिएको १२३ रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । तेस्रो नम्बरका ब्याटर डाउटी होगेनबोजेमले ५० रनको अर्धशतकीय पारी खेल्दा जोर्डन सिल्कले ४२ रन बनाए । दुवै अविजित रहे । यसैगरी कप्तान डी’आर्सी शर्टले २३ रनको योगदान गरे ।

नेपाल ‘ए’का लागि पवन सराफले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन जोडेको थियो । नेपाल ‘ए’का लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन जोडे । त्यस्तै लोकेश बमले १६ तथा नारायण जोशीले १५ रनको योगदान गरे ।

यसैगरी कप्तान अनिलकुमार शाहले १४, त्रितराज दासले १३ र रसिद खानले १० रन जोडे । नर्दन टेरिटोरीका लागि हमिश मार्टिनले चार ओभरमा १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । त्यस्तै टम मेञ्जीस, स्याम बार्कर, विलियम ब्लेइर र डी’आर्सी शर्टको नाममा समान एक विकेट रह्यो ।

नेपाल ‘ए’ले अब शनिबार दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: ६ भदौ २०८३ ७:१२ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast