रास्वपा प्रवक्ताबाट मनिष झा ‘आउट’, जगदीश खरेललाई जिम्मेवारी

हिमाल प्रेस ५ भदौ २०८३ १५:२६ | Friday, August 21, 2026
रास्वपा प्रवक्ताबाट मनिष झा ‘आउट’, जगदीश खरेललाई जिम्मेवारी जगदीश खरेल र मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त रहेका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको छ। शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो।

बैठकल प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री तथा सहप्रवक्तासहित केन्द्रीय सदस्य मनोनीत गरेको हो।

पूर्वसञ्चारमन्त्री जगदीश खरेल पार्टी प्रवक्तामा मनोनीत भएका छन्। मनिष झालाई प्रवक्ताबाट हटाइएको छ। उनले गत आमचुनावमा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई धनुषा- ३ बाट हराएका थिए।

रास्वापले डा.मनोहर प्रधान कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्ष मनोनीत गरेको छ।

पुरुषोत्तम यादवले सहमहामन्त्रीको जिम्मेवारी पाएका छन् भने ननिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्ता मनोनीत भएका छन्।

बैठकले संगठन विभागको प्रमुख जिम्मेवारी प्रमोद न्यौपानेलाई दिएको छ। त्यस्तै गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पूर्वमहामन्त्री भूपदेव शाह, सुरेन्द्र चौधरी, डा.भक्तबहादुर राई केन्द्रीय सदस्य मनोनीत भएका छन्।

एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पदमा मनोनय हुन बाँकी रहेको छ। आगामी बैठकबाट यी पदमा जिम्मेवारी तोक्ने तयारी रहेको बताइएको छ।

प्रकाशित: ५ भदौ २०८३ १५:२६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast