काठमाडौँ- पूर्वसञ्चारमन्त्री एवं रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा खेररले स्मार्ट टेलिकमको अनियमितताका नाममा अनावश्यक रूपमा आफूलाई मुछ्ने काम भएको भन्दै सो प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गरेका हुन्।
उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे। खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती समेत दिए।
उनले स्मार्ट टेलिकम प्रकरणमा कुनै बैठक वा कुनै फाइल अघि बढाउने काम नगरेको दाबी गरे।



