महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेस इतरपक्ष सर्वोच्च जाने

हिमाल प्रेस ४ भदौ २०८३ १६:०९ | Thursday, August 20, 2026
4
SHARES
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेस इतरपक्ष सर्वोच्च जाने फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ।

नेता डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हो।

संस्थापनइतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय भएको जानकारी दिए।

‘१५ औँ महाधिवेशन प्रक्रिया अगाडि नबढाउन माग गर्दै सर्वोच्चमा रिट हाल्ने निर्णय भएको छ,’ विश्वकर्माले भने,‘जतिसक्दो चाँडो रिट दर्ता गर्ने निर्णय छ। सम्भव भए आज नभए भोलि रिट दर्ता हुन्छ।’

इतर पक्षको मागअनुसार सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकन गर्न निस्सा दिए पनि संस्थापन पक्षले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार पार्टीको वडा अधिवेशन भदौ २४ गते हुने भएको छ।

त्यस्तै कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडैँमा १५ औँ महाधिवशेन गर्ने निर्णय गरेको छ।

पार्टी आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्न सर्वोच्चले निस्सा दिएको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अगाडि बढाएपछि इतरपक्षले आपत्ति जनाएको छ।

प्रकाशित: ४ भदौ २०८३ १६:०९ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast