काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेषगरी मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितहरुको समस्या समाधान गर्न आग्रह गरेकी छन्।
करिब एक सातादेखि ललितपुरको पुलचोकस्थित मानव अधिकार आयोग र यूएन हाउसअगाडि सडकमा धर्नामा बसिरहेका मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाउँदै भण्डारीले समस्या समाधान गर्न आग्रह गरेकी हुन्।
पीडितहरूले भोगिरहेका समस्याहरूको आफूले जानकारी लिएको र त्यसलाई गम्भीरतापूर्वक समाधान गरिनुपर्ने उनले बताए।
उनले विगतको सरकारले गरेको सम्झौतालाई आधार बनाएर हालका समस्याहरूलाई जरैदेखि दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिइन्।
भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलन र यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता जनाइन्।
प्रकाशित: २ भदौ २०८३ २०:४१ | Tuesday, August 18, 2026
प्रतिक्रिया


