काठमाडौँ- उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौलाको प्यानल नै निर्वाचित भएको छ। उनी एक हजार १५२ मत ल्याएर विजयी भए।
अध्यक्षमा विजयी भएका निरौला एमाले निकट बृहत प्रगतिशील तथा पेशागत समूह (पीपीएलए) बाट उठेका थिए। उनको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गरे।
उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दीलकुमार कार्की, महिला सदस्य अनिता पौडेल, सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, खुला सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा,राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन्।



