जेनजी आन्दोलनको सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

हिमाल प्रेस २९ साउन २०८३ १५:५४ | Friday, August 14, 2026
2
SHARE
जेनजी आन्दोलनको सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ- सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले समितिले आन्दोलनका घाइते तथा सहिद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुको रूपमा काम गर्ने बताए।

प्रधानमन्त्री कार्यालयले पछिल्लो दुई साता भएका प्रमुख कामकारबाहीका बारे जानकारी दिँदै प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको बताए।

खेतबारीबाट सिधै उपभोक्ताको घरसम्म कृषि उपज पु¥याउन नयाँ प्रविधि र डेलिभरी स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए।

त्यस्तै सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए।

कार्यालयका कुनै पनि कर्मचारीले कानुनबमोजिम बाहेक सेवाग्राहीलाई कुनै निश्चित व्यक्ति, संस्था वा सेवा प्रदायकसँग सम्पर्क गर्न वा सेवा लिनका लागि सिफारिस, निर्देशन वा बाध्य पार्न नपाउने उनको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले हेरक शुक्रबार एक सातामा भएका महत्वपूर्ण कार्यसम्पादनका बारेमा जानकारी गराउन नियमित पत्रकार सम्मेलन गर्ने जनाएको छ।

प्रकाशित: २९ साउन २०८३ १५:५४ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast