अन्तत: विवाहबन्धनमा बाँधिए रोनाल्डो

हिमाल प्रेस २७ साउन २०८३ ८:०३ | Wednesday, August 12, 2026
6
SHARES
अन्तत: विवाहबन्धनमा बाँधिए रोनाल्डो प्रेमिकासँग विवाहबन्धनमा बाँधिदै फुटबलर रोनाल्डो। तस्बिर : रोनाल्डोको इस्टाग्राम।

काठमाडौँ-  फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।  पोर्चुगलमा एक नागरिक समारोह मार्फत उनीहरूले विवाह गरेको पोर्चुगिज मिडियाले जनाएका छन्। त्यसो त रोनाल्डोले सामाजिक सन्जालमा औंठीको तस्बिर पनि सार्वजनिक गरेका छन्।  इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरे जसमा दुई हातहरू देखिन्छन्—जसमा एउटा हात अर्कोमाथि राखिएको छ र दुवैले विवाहको औंठी लगाएका छन्।

यसलाई ‘वर्षको विवाह’ भन्दै पोर्चुगिज सञ्चारमाध्यमहरूले  यो जोडीले ११ अगस्टमा लिस्बन नजिकैको तटीय सहर कास्काइसमा विवाह बन्धनमा बाँधिएको हो र यसमा उनीहरूका पाँचै जना सन्तानको उपस्थिति रहेको जनाएका छन्।

यो जोडी विगत १० वर्षदेखि प्रेममा थिए। उनीहरूको भेट म्याड्रिडस्थित गुच्चीको पसलमा भएको थियो जहाँ रोड्रिगेज काम गर्थिन्। त्यसबेला रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेलिरहेका थिए। उनीहरूले गत वर्षको ११ अगस्टमा आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए।

प्रकाशित: २७ साउन २०८३ ८:०३ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast