फिफा अध्यक्षलाई धक्का, विश्वकपमा निजी लगानी भित्र्याउने योजना फिर्ता

हिमाल प्रेस १६ साउन २०८३ ८:२७ | Saturday, August 1, 2026
12
SHARES
फिफा अध्यक्षलाई धक्का, विश्वकपमा निजी लगानी भित्र्याउने योजना फिर्ता

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यवसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढाउने निर्णय गरेको हो।

फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४।२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजनाअनुसार नयाँ कम्पनीको मूल्यांकन करिब २० अर्ब डलर हुने अनुमान गरिएको थियो।

तर प्रस्ताव सार्वजनिक भएलगत्तै युरोपेली फुटबल महासंघ (यूईएफए)ले कडा विरोध जनाएको थियो। यूईएफएले यसलाई ‘गोप्य रूपमा तयार पारिएको, गैरजिम्मेवार र अस्वीकार्य’ प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णयसमेत गरेको थियो।

यूईएफएले जारी गरेको विज्ञप्तिमा फिफाले ‘फुटबलको आत्मा नै बिक्री गर्न खोजेको’ आरोप थियो। विरोध चर्किएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन्।

‘सबै पक्षको धारणा ध्यानपूर्वक सुनेपछि यो योजना आवश्यकताभन्दा बढी विभाजन सिर्जना गर्ने अवस्थामा पुगेको स्पष्ट भएको छ,’ इन्फान्टिनोले भनेका छन्, ‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध र थप सशक्त बनाउने हो। त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन।’

प्रकाशित: १६ साउन २०८३ ८:२७ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast