युक्रेनी ड्रोन आक्रमणमा रुसमा ७ जनाको मृत्यु

हिमाल प्रेस २ साउन २०८३ १९:०८ | Saturday, July 18, 2026
14
SHARES
युक्रेनी ड्रोन आक्रमणमा रुसमा ७ जनाको मृत्यु

काठमाडौँ- युक्रेनले गरेको ड्रोन आक्रणमा परी रुसमा सात जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

रुसी अधिकारीहरुले युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरिज’ का दुईवटा गोदाममा ड्रोन आक्रमण गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ।

रुसको ताम्बोभ सहरस्थित गोदाममा भएको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो ठाउँ राजधानी मस्कोबाट करिब ४७५ किलोमिटर दक्षिण पूर्वी दिशामा पर्दछ।

बाँकी २४ जना मस्कोको इलेक्ट्रोस्टलमा रहेको अर्को वाइल्डबेरिज गोदाममा घाइते भएका हुन्।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणहरुमा ठूला लजिस्टिक केन्द्रलाई निशाना बनाइएको बताएका छन्। आक्रमण गरिएका ठाउँ ड्रोन निर्माण र नेभिगेसन उपकरणमा प्रयोग हुने प्रतिबन्धित सामग्रीको आपूर्तिमा भइरहेको उनको भनाइ छ।

जेलेन्स्कीले युक्रेनले आजोभ सागर, ब्ल्याक सी र रुसको कब्जामा रहेको क्रिमियाका पनि कैयौँ स्थानमा आक्रमण भएको दाबी गरेका छन्। उनका अनुसार यो कारबाही युक्रेनी सहरहरु र नागरिक पूर्वाधारहरुमाथि रुसले गरेका आक्रमणको जवाफमा गरिएको हो।

रुसको ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पर्भिशोभले सात जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणका २८ वटा ड्रोनलाई आकाशमै नष्ट गरिएको दाबी पनि गरेका छन्।

प्रकाशित: २ साउन २०८३ १९:०८ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast