पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

हिमाल प्रेस १ साउन २०८३ १४:०८ | Friday, July 17, 2026
8
SHARES
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ।

साउने संक्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिए।

साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन्।

पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ।

साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले कोषले विभिन्न तयारी अघि बढाएको छ। जसअन्तर्गत आज साउन महिनाभर स्वयंसेवकका रुपमा काम गर्नेसँग बैठक गर्न लागिएको पनि कोषले जनाएको छ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ।

प्रकाशित: १ साउन २०८३ १४:०८ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast