काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज केही प्रमुख तरकारीको थोक मूल्य घटेको छ।
आलु रातो (भारतीय) प्रतिकिलो रु ३७ बाट ३६ रुपैयाँमा झरेको छ भने आलु रातो (मुढे) ४६ बाट ४५ रुपैयाँमा आएको छ। यसैगरी सेतो आलुको मूल्य ३५ बाट ३८ रुपैयाँ पुगे पनि अघिल्ला दिनको तुलनामा बजारमा आलुका विभिन्न जातको मूल्य मिश्रित देखिएको छ।
घिरौँला ५० बाट ६० रुपैयाँ पुगेको भए पनि झिगुनी ७० बाट ६० रुपैयाँमा झरेको छ।
घिउ सिमी (राजमा) १२० बाट १०० रुपैयाँमा झरेको छ भने इस्कुस ५० बाट ६० रुपैयाँ पुगेको छ।
बजारमा विभिन्न कृषिउपजको मूल्यमा दैनिक आपूर्ति अनुसार उतारचढाव देखिएको समितिले जनाएको छ।
प्रकाशित: १ साउन २०८३ ९:३२ | Friday, July 17, 2026
प्रतिक्रिया

