पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित

हिमाल प्रेस १ साउन २०८३ ६:४१ | Friday, July 17, 2026
6
SHARES
पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित फाइल तस्बिर

धनुषा- धनुषामा मनसुन सक्रिय भए पनि धान रोपाइँ प्रभावित भएको छ। समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन्।

असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ। सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ।

लक्ष्मीनियाँ गाउँपालिकाका किसान गोविन्द यादवले समयमै वर्षा नहुँदा रोपाइँ गर्न नसकेको बताए। उनले धानको बेर्ना तयार भए पनि खेतमा पानी नभएकाले रोपाइँ रोकिएको र केही दिनभित्र वर्षा नभए बेर्ना नै नष्ट हुने अवस्थामा पुग्ने दुःखेसो गरे।

अर्का किसान रामजीवन साहले मोटरबाट सिँचाइ गर्दा इन्धन र विद्युत् खर्च धेरै हुने भएकाले सबै किसानका लागि यस्तो व्यवस्था सम्भव नहुने बताउँछन्। उनका अनुसार खेतीको लागत बढ्दै गएको छ भने उत्पादन घट्ने चिन्ताले किसान थप समस्यामा परेका छन्।

प्रकाशित: १ साउन २०८३ ६:४१ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast