सेमिफाइनलमा गोल नगरे पनि मेस्सी गोल्डेन बुटको दौडमा अगाडि

हिमाल प्रेस ३२ असार २०८३ ६:१२ | Thursday, July 16, 2026
32
SHARES
सेमिफाइनलमा गोल नगरे पनि मेस्सी गोल्डेन बुटको दौडमा अगाडि अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएपछि कप्तान लियोनल मेस्सीलाई काँधमा उचालेर विजय उत्सव मनाउँदै टोलीका खेलाडीहरू। तस्बिर : एपी/रासस

काठमाडौँ- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् ।

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेस्सी दुवै गोलमा असिस्ट गरेका थिए ।

अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्‍याउँदै उपाधि रक्षा अभियानमा कायम राख्दै महत्वपुर्ण भुमिका खेलेका मेस्सी पनि मुख्य दाबेदार बनेका छन् ।

इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहेपनि मेस्सीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि पार्दै सर्वाधिक गोलकर्ताको सुचीमा अगाडि बढेका हुन् ।

मेस्सी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ ।

एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ । अब एमबाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि इंग्ल्यान्डसँग खेल्नेछ । एक खेल खेल्न बाँकी रहेकोले एमबाप्पेको पनि गोल्डेन बुटको सम्भावना भने बाँकी नै छ ।

एमबाप्पे बाहेक मेसीलाई चुनौती दिने अन्य खेलाडीहरु मेसीको छेउछाउ छैनन् ।

यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए । कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गवल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् ।

फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ । अब फाइनलमा ५ गोल गरेमात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बडी छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् ।

सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते । मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् ।

यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्‍याएपछि मेसी फेरी गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।

प्रकाशित: ३२ असार २०८३ ६:१२ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast