एनआईएमबीको नेपाल पे ट्याप र क्यूआर सेवा सुरु

हिमाल प्रेस २२ माघ २०७९ १२:०५
4
SHARES
एनआईएमबीको नेपाल पे ट्याप र क्यूआर सेवा सुरु

काठमाडौँ- नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पसबाट नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवाको थालनी गरेको छ।

ग्राहकले अब मर्चेन्ट प्वाइन्टको फिन पस डिभाइसमार्फत् भुक्तानी गर्न सक्ने भएका छन्। यसको लागि इन्टरनेट सेवाको आवश्यकता पर्दैन।

त्यसैगरी डाइनामिक नेपाल पे क्यूआरमा पनि एनआईएमबीले फिन पस सेवा सुरु गरेको छ। फिन पसको क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ।

नेपाल पे ट्यापको कारोबार सीमा प्रतिकारोबार पाँच हजार रहेको छ। यसलाई ग्राहक आफैँले पनि निर्धारण गर्न सक्छन्।

प्रकाशित: २२ माघ २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast