कञ्चनपुरमा छ महिनामा २८ जनामा डेंगु

हिमाल प्रेस ३१ असार २०८३ ८:५३ | Wednesday, July 15, 2026
8
SHARES
कञ्चनपुरमा छ महिनामा २८ जनामा डेंगु

कञ्चनपुर- कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ । जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन्।

डेंगु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए।

प्रकाशित: ३१ असार २०८३ ८:५३ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast