रमेश प्रसाईंको प्रश्न : के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो?

हिमाल प्रेस ३० असार २०८३ १३:०९ | Tuesday, July 14, 2026
8
SHARES
रमेश प्रसाईंको प्रश्न : के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले घरभाडाको वैज्ञानिक मापदण्ड बनाइनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले एउटा सानो कोठाको भाडा १० हजार रुपैयाँ लिने गरिएको उल्लेख गरे ।

घरधनीको इच्छाले भाडा तोक्दा विद्यार्थीसहित त्यहाँ बस्नेलाई समस्या भएको उनले बताए । सरकारले घरबाहल कर उठाउने तर त्यहाँ बस्नेको बेवास्ता गरेको उनको भनाइ छ ।

“के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो, सभामुख महोदय?,” उनले भने, “समानमा प्राइज ट्याग टाँसेजस्तो घरको भित्तामा टाँस्नुपर्छ त भन्दिनँ, तर बसभाडा तोकिएजस्तै घरभाडा, कोठाभाडाको वैज्ञानिक मापदण्ड बनाउनैपर्छ ।”

 

प्रकाशित: ३० असार २०८३ १३:०९ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast