प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले नेपाली कांग्रेसका सचेतक निश्कल राईको एउटा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ‘श्री ८’ को संज्ञा दिएका थिए ।
“सरकारले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ,” राईले भने, “देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आमनागरिकलाई चेतावनी दिइरहेको छ ।”
त्यसलगत्तै नियमात्ति गर्र्दै रास्वपा सांसद यादवले संविधान र संसद्ले नचिन्ने भाषा रेकर्डबाट हटाउन माग गरे । “सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई श्री ८ को सरकार भनेर सम्बोधन गर्नुभएको छ, संविधानले यो भाषा स्वीकार्दैन,” उनले भने, “सदनले यो भाषा स्वीकार गर्दैन । त्यो रेकर्डबाट हटाउन सभामुखमार्फत अनुरोध गर्दछु ।”



